सहबान अन्सारी
नवलपरासीमा भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै तथा नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको २ लाख ३३ हजार ६ सय ३० मुल्य बराबरको अबैध समान प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रवार प्रतापपुर गाउँपालिका वडा नं. ५ बसहिया स्थित नेपालबाट भारत तर्फ लैजादै गरेको अन्दाजी २० हजार १ सय ६० मुल्य बराबरको २१० लिटर डिजल प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यसैगरी सरावल गाउंपालिका वडा नं. ७ भुजहवामा भारत बाट नेपाल तर्फ ल्याउदै गरेको १५ हजार ५० मुल्य बराबरको ब्लाउजको थान कपडा, झुल, घांसको बिउ, पार्ले जी बिस्कुट लगायतका बिभिन्न मालसामान प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । त्यसैगरीे सरावल गाउंपालिका वडा नं. ७ बुलन्दपुरमा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको १ लाख ४३ हजार ६ सय २० मुल्य बराबरको बिभिन्न हार्डवेयरको सामान सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो । उक्त सामान मानिसहरु मोटरसाईकलमा राखी ल्याउदै तथा लैजादै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित भागेका थिए ।
नियन्त्रणमा लिएको सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
FACEBOOK COMMENTS