काठमाडौं, २९ फागुन – राजधानीमा जारी मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपीएफले उपाधि जित्न नेपाल पुलिस क्लबलाई १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १०५ रन बनाएको हो ।
एपीएफका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रनको योगदान गरे । त्यस्तै सन्दीप जोराले १८ रन बनाउँदा भुवन कार्कीले १४ रन जोडे । बलिङतर्फ पुलिसका लागि गुल्सन झाले सर्वाधिक ४ विकेट लिए । ७ ओभर बलिङ गरेका गुल्सनले ३६ रन खर्चे ।
त्यस्तै सागर ढकालले ४ विकेट लिए । पुलिसका लागि पवन सरार्फ र ललित राजवंशीले समान एक–एक विकेट लिए ।
प्रधानमन्त्री कप क्रिकेटको उपाधि जित्न नसकेको एपीएफ आजको खेलमा जित निकाल्दै उपाधि रक्षा गर्ने योजनामा छ ।
यता, पुलिस पनि आजको खेलमा जित निकाल्दै उपाधि जित्ने योजनामा छ । पीएम कपमा सेमिफाइनलबाट बाहिरिएको पुलिस आजको खेलमा जित निकाल्दै उपाधि उचाल्ने लक्ष्यमा छ ।
FACEBOOK COMMENTS