काठमाडौँ, २९ फाल्गुन – सत्ता समीकरणबारे नेकपा माओवादी केन्द्रले जनता समावादी पार्टीसँगको छलफललाई निरन्तरता दिएको छ ।
माओवादी केन्द्रको पार्टी कार्यालयमा दुई पार्टीका शीर्ष नेताबिच अहिले छलफल जारी छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता नारायणकाजी श्रेष्ठ प्रकाशसँग जसपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, उपेन्द्र यादवसहित छलफलमा जुटेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको वर्तमान सरकारको विकल्पमा समीकरण बनाउने प्रयासमा माओवादी केन्द्र लागेको हो । त्यसकै लागि जसपासँग वार्ता भइरहेको नेताहरुले बताएका छन् ।
FACEBOOK COMMENTS