काठमाडौं, २९ फागुन – नेपालमा शनिबार ६० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार १ सय ७८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय १५ जना रहेको पनि मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै मृत्यु हुने संक्रमितको संख्या ३ हजार १४ पुगेको छ।
हाल ४९ जना क्वारेन्टाइनमा छन्। यही समयमा ७२ जनाले कोरोनालाई जितेका छन्। यो सँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ७१ हजार २ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म पिसिआर परीक्षण हुनेको संख्या २२ लाख १२ हजार ७ सय ९६ पुगेको छ।
FACEBOOK COMMENTS