काठमाडौं, चैत ५ – कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी समाूहिक लगानी कोष अन्र्तगत संचालन हुने कुमारी इक्वीटी फण्डको प्रति इकाई रु १० दरको ८ करोड इकाईको लागि फागुन १४ देखि २८ गते सम्म निष्काशन तथा विक्री खुल्ला गरिएकोमा माग भन्दा अधिक दरखास्त पर्न आएकोले सामूहिक लगानीकोष निर्देशिका २०६९ को दफा १५(४) मा र विवरणपुस्तिकाको बुँदा ४(च) मा भएको व्यवस्था अनुसार अधिकतम २५ प्रतिशत थप गर्न सक्ने प्रावधान अनुसार कोषको इकाई १० करोड इकाई बाँडफाँड गर्न सकिने मध्ये राख्नुपर्ने १५ (पन्ध्र) प्रतिशत विजपूँजी वापतको १, करोड ५० लाख इकाई कोष प्रवद्र्धक कम्पनी कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरिएको र बाँकी रहेको ८ करोड ५० लाख इकाई चैत ५ गते विहिवारका दिन विहान ११ः०० बजे कुमारी क्यापिटल लिमिटेड, नागपोखरी १, नक्साल, काठमाण्डौमा आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा बैठक बसी जम्मा आवेदन दिने ९४ हजार ७९४ जना मध्ये रितपुर्वक आवेदन दिनुहुने दिने ९४ हजार ७३३ जना (जसमा सर्बसाधारणबाट ९४ हजार ६६१ जना आबेदकहरुबाट ३ करोड ९२ लाख ३१ हजार १० इकाई र विभिन्न संघ संस्थाबाट ७५ संस्था ५ करोड ३९ लाख २२ हजार ३०० इकाई) आवेदकहरुलाई सो इकाईहरु बाँडफाँड गरियो र दोहोरो आवेदन दिने ६१ जना आवेदकहरुको आवेदन रद्द गर्ने निर्णय भयो ।
यसरी बाँडफाँड गर्दा इकाई १०० देखि २० लाख सम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई बाँडफाँड गरियो । २० लाख इकाई भन्दा माथिल्लो समूह अर्थात इकाई २५ लाख देखि ५० लाखसम्म माग गरि दरखास्त दिने जम्मा ७ जना प्रत्येक आवेदकलाई २४ लाख ६ हजार ६७० इकाई का दरले जम्मा १६८४६६९० इकाई बाँडफाँड गरियो ।
FACEBOOK COMMENTS