काठमाडौं, चैत ६ – माछापुच्छ्रे बैङ्कले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्यूआर कोड सेवा सुरुवात गरेको छ । बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैङ्कले एकैदिन नेपालगञ्जमा रहेको सनराइज यातायात, नेपालगञ्जकै न्युरोडमा रहेको हङकङ बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समितिअन्र्तगत सञ्चालनमा रहेका तरकारी तथा फलफूल पसलहरूमा क्यूआर कोड हस्तान्तरण गरेको छ । बुधबार आयोजित छुट्टाछुटै औपचारिक कार्यक्रम मार्फत नेपाल राष्ट्र बैङ्क, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले ति स्थानमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन् ।
उक्त क्युआर कोड सेवा सुरु भएसँगै नेपालगञ्जबाट दाङ्ग, धनगढी, बर्दिया रुटमा चल्ने सनराइज यातायातमा यात्रा गर्ने यात्रुले आफुले तिर्नुपर्ने गाडी भाडा क्यूआर कोड प्रयोग गरि सिधै आफ्नो बैङ्क खाताबाट भुक्तानी गर्न सक्नेछन् भने नेपालगञ्जकै न्युरोडमा रहेको हङकङ बजार, रानी तलाउमा रहेको कृषि उपज बजार तथा कोहलपुरमा रहेको कृषि बजारमा आफुले खरिद गरेका दैनिक उपभोग्य वस्तु जस्तै तरकारी, फलफूल तथा लत्ताकपडाहरुको रकम समेत क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS