काठमाडौं, ७ चैत्र – नेकपा एमालेको संसदीय बोर्डले एमालेको खनाल-नेपाल समूहका केही नेतालाई स्पष्टीकरण सोध्ने भएको छ ।
एमाले ब्युतिएपछि पार्टीभित्र समानान्तर गतिविधि गरिरहेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहका केही नेतालाई ओली पक्षको संसदीय बोर्डले स्पष्टीकरण सोध्ने भएको हो ।
कुनै कुनै ठाउँमा समूहगत भेला गरिएकाले पार्टी अध्यक्षले आजको बैठकमा स्पष्टीकरण लिन सक्ने संकेत गरेको सांसद शेरबहादुर तामाङले बताए । पार्टीभित्र गुटगत प्रवृत्ति र व्यवहार रहिरहेमा स्पष्टीकरण सोध्ने सम्बन्धमा निर्णय संसदीय दलको बैठकबाट भएको उनको भनाइ छ ।
‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही संकेत गर्नुभएको छ । आजको बैठकबाट केही नेतालाई स्पष्टीकरणको दिशामा अगाडि बढिन्छ,’ तामाङले भने ।
FACEBOOK COMMENTS