काठमाण्डौँ — ग्लोबल आईएमई बैंक लिमिटेड र कतार स्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्भौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा.आर. सीथारमन र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालबीच हस्ताक्षर भएको हो ।
कतारमा रहेका सम्पुर्ण नेपालीहरुले कतारको दोहा बैंकका सम्पूर्ण शाखा कार्यालय तथा अनलाइन मोबाइल एप्लिकेशन मार्फत सजिलै नेपाल पैसा पठाउन सक्नेछन र उक्त रेमिट्यान्स ग्लोबल आइएमई बैंक लि।का सम्पूर्ण शाखाहरु तथा आई. एम. ई. र जि. एम. इ. का ९ हजार भन्दा बढि एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिने छ ।
FACEBOOK COMMENTS