काठमाडौं, चैत ९ – राष्ट्रपति विद्यादेवी भण्डारी ढाका पुग्नु भएको छ । दुई दिने राजकीय भ्रमणमा सोमबार भण्डारी ढाका पुग्नुभएको हो । ढाकामा उहाँलाई बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले हजरत शाहजालाल विमानस्थलमा स्वागत गर्नु भएको छ । भण्डारीलाई विमानस्थलमा २१ तोपको सलामी दिइएको छ ।
ण्डारीको स्वागतमा बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जावेद मलेक्यु, रेलमन्त्री नरुल इस्लाम, विदेश राज्यमन्त्री साहरियार आलम लगायत उपस्थित भएका थिए ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित ५४ सदस्यसहित बंगलादेश पुग्नुभएकी भण्डारीले नेपाल र बंगलादेशको बीचको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ ।
FACEBOOK COMMENTS