काठमाडौं, चैत ९ – भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण निरन्तर बढ्दो क्रममा छ । सोमबार भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९५१ जना नयाँ संक्रमित फेला परेका छन् । २४ घण्टाको अवधिमा २१२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
पछिल्लो एक सातामा मात्र भारतमा कोरोनाका दुई लाख ६० हजार नयाँ संक्रमित थपिएका छन् । जसमध्ये ७० प्रतिशत भन्दा बढी महाराष्ट्रका छन् । भारतीय स्वास्थ्य विशेषज्ञहरुले लापरबाहीका कारण पछिल्लो समय कोरोना संक्रमण बढिरहेको बताएका छन् ।
FACEBOOK COMMENTS