काठमाडौं, चैत ११ – नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय अठ्ठाइस कित्ता शेयर बिक्री हुने भएको छ । बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको न्यूनतम मुल्य रु. १ हजार ५ सय दुई रुपैयाँ पचास पैसा तोकिएको छ । शेयरमा न्युनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ । उक्त संस्थापक शेयर खरीद गर्न विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरु योग्य रहने बैंकले जनाएको छ ।
इच्छुकले चैत्र १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडमार्फत सिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।
FACEBOOK COMMENTS