सहबान अन्सारी,
नवलपरासी, ११ चैत जिल्ला प्रशासन कार्यालय नवलपरासीले यस वर्षको फागु पुर्णिमा ‘होली’ पर्व आफु रहेकै स्थानमा आफ्ना घरपरिवारका सदस्यहरुसंग मात्र सीमित रहि मानाउन आग्रह गरेको छ ।
बुधवार सुचना जारी गर्दै प्रसाशन कार्यालयले छिमेकी मुलुक भारतमा हाल दोस्रो चरणको कोभिड -१९ तिब्र रुपमा बढदै गइरहेको र सो रोगका कारण मानिसहरु मृत्यु समेत भएको देखिदा यस जिल्लास्थित सिमानाकाहरुबाट भारत लगायत तेस्रो मुलुकबाट भित्रिने नागरिक र लगतै आइरहेको फागु पर्व (होली) को अवसरमा भिडभाड हुन गई जिल्लामा कोरोना संक्रमणको जोखीम बढन सक्ने अवस्थालाई मध्यनजर गर्दै कोभिड -१९ संक्रमणको जोखीम न्युनिकरणका लागी नेपाल सरकारले तोकेको जनस्वास्थ्य मापदण्डहरुकोपुर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ जिल्लाभित्र जमघट,गोष्ठी सेमिनार तथा अत्यधिक भिडभाड हुने कुनै किसिमको कार्यक्रम,तथा समारोह आयोजना एव संचालन नगर्न भनिएको छ ।
यस्तै मास्क नलगाई,सामाजिक भौतिक दुरी कायम नगरी कुनै पनि स्थानमा मानिसहरु भेटघाट नगर्न साथै जिल्लाको कोभिड -१९ को अवस्था समेत विचार गरी खुल्ला सिमानाका कारण मानिसहरुको बढी आवतजावतले यस जिल्लामा समेत संक्रमणको जोखीम बढन सक्ने हुदाँ अत्यावश्य सेवा पसल बाहेक राती १० बजे पछी पसल व्यवसाय संचालन नगर्नु आग्रह समेत गरेको छ ।
FACEBOOK COMMENTS