काठमाडौं, चैत १२ – राष्ट्रिय बीमा कम्पनीले इन्जिनियर चौधरीको परिवारलाई १० लाखको दाबि भुक्तानी गरेको छ । राष्ट्रिय बीमा कम्पनी र नेपाल इन्जिनियर्स एशोसियसन बीच २०७६ श्रावण १ गते समझदारी गरी एशोसियसनमा आवद्ध इन्जिनियरहरुको प्रतिव्यक्ति १० लाख बीमांक कायम रहने गरी सामूहिक दुर्घटना बीमा गरिएको थियो ।
यस बीमामा आवद्ध एशोसियसनका आजिवन सदस्य ई. परमानन्द चौधरीको गत २०७७ माघ २५ गते मकवानपुर जिल्लाको भिमफेदीमा सवारी दुर्घटनामा परि मृत्यू भई कम्पनीमा बीमा दावी पर्न आएको थियो । पिडित परिवारलाई केही आर्थिक स्रोतको राहत होस् भन्ने हेतुले गरिएको दुर्घटना बीमा अन्तर्गत मृतकको हकवाला (बुवा) भगवान चौधरीलाई रु. १० लाख (बीमांकको शत प्रतिशत) दावी भुक्तानीको चेक हस्तान्तरण हो ।
राष्ट्रिय बीमा कम्पनीको परिसरमा आयोजना गरिएको बीमा दावि भुक्तानी कार्यक्रममा मृतक इन्जिनीयरका हकवाला तथा एशोसियसनका अध्यक्ष इ.प्रा.डा. त्रिरत्न बज्राचार्य, कोषाध्याक्ष इ. राम एकवाल यादव लगायतका प्रतिनिधि र राष्ट्रिय बीमा कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल, अण्डरराइटिंग विभाग प्रमुख सृजना पन्त, दावि विभाग प्रमुख सुजन सुवेदी तथा बजार विभाग प्रमुख हिरा कुमारी बर्तौला लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा एशोसियसनका अध्यक्ष र कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूहरुले यस बीमा कार्यक्रमबाट पिडित परिवारलाई केहिहदसम्म भएपनि आर्थिक क्षतिपूर्ति प्रदान गर्न सकिएको र आगामी दिनमा यस्तो प्रकारको बीमा सहकार्य कायम रहिरहने तथा बढि भन्दा बढि सदस्य इन्जिनीयरहरुलाई बीमाको दायरामा ल्याई वास्तविक पिडितलाई क्षतिपूर्ति दिलाउने अपेक्षा सहितको प्रतिवद्धता व्यक्त गरेका थिएे । साथैसमुदायमा पेशागत दायित्व निर्वाह गर्ने क्रममा आउने जोखिमहरुलाई आर्थिक क्षतिपूर्ति मार्फत पिडित पक्षलाई योगदान दिन यस्तो बीमा कार्यक्रमको सघन रुपमा विस्तार हुनुपर्ने विषयमा समेत छलफल भएको थियो ।
FACEBOOK COMMENTS