काठमाडौं, चैत १६ – स्मार्टफोन ब्राण्ड कुलप्याडले नयाँ वर्ष २०७७ का लागि लखपति योजना सार्वजनिक गरेको छ । नेपालको लागि कुलप्याड मोबाइलको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले शुक्रबार एक कार्यक्रमका बिचमा कुलप्याड लखपति योजना सार्वजनिक गरेको हो ।
कुलप्याड मोबाइलको ब्राण्ड एम्बेस्डर शिल्पा मास्केले हरेक साता एकजना भाग्यशाली ग्राहकहरुलाई १ लाख रुपैयाँ उपहारमा प्रदान गर्ने लखपति योजना सार्वजनिक गरिन । कुलप्याण्ड लखपति योजनामा कम्पनीले कुलप्याण्डका स्मार्टफोनहरु किन्ने ग्राहकहरुमध्येबाट प्रत्येक साता एक जना भाग्यशाली ग्राहकलाई १ लाख रुपैयाँ उपहार प्रदान गर्नेछ । त्यसैगरि प्रत्येक साता कम्पनीले ५ जना बिजेताहरुलाई कुलप्याड स्मार्टफोन समेत उपहार प्रदान गर्नेछ । यसका साथमा कम्पनीले प्रत्येक साता १० वटा कुलप्याडको इयरबड समेत प्रदान गर्नेछ ।
कम्पनीले आगामी २०७७ बैशाख मसान्तसम्म आयोजना गर्ने कुलप्याड लखपति योजनाअन्तरगत ८ सातामा ८ जना प्रत्येक ग्राहकहरुलाई १ लाख रुपैयाँ, ४० वटा स्मार्टफोनहरु र ८० वटा कुलप्याड इयरबड प्रदान गर्नेछ । सो योजनामा सहभागी हुन कुलप्याडका कुनैपनि स्मार्टफोन खरिद गरेर त्यसको आईएमईआई नम्बर ३३००१ मा एसएमएस गरी पठाउनुपर्नेछ ।
यसको लागि कुलप्याड लेखेर स्पेस दिई आईएमईआई नम्बर लेखेर स्पेस दिई ग्राहकको नामसहित ३३००१ मा पठाउनुपर्नेछ । उक्त योजनामा प्रत्येक साता सहभागीहरुलाई गोलाप्रथाद्धारा छनौट गरि कुलप्याडको आधिकारीक फेसबुक पेजबाट घोषणा गरिने जनाईएको छ ।
लखपति योजनाले कुलप्याडको ग्राहकहरुलाई नयाँ वर्षमा नयाँ उपहार दिने कम्पनीका जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र शाहले बताए।उक्त योजना आजबाट नेपालभर लागू भएको छ ।
यसका साथै कम्पनीले लखपति योजनाको अवसर पारेर आफ्नो नयाँ मोडल कुल १० पनि सार्वजनिक गरेको छ । कम्पनीले कुल १० सूपथ मूल्यमा उत्कृष्ट फोन चाहने ग्राहकहरुलाई लक्षित गरेर सार्वजनिक गरेको हो। कुल १० स्मार्टफोन नेपालभर उपलब्ध रहेको छ ।
FACEBOOK COMMENTS