काठमाडौं, चैत १६ – चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपाल आईपुगेको छ ।
नेपाल एअरलाइन्यको वाइडबडी ३३० को विमान आज बिहान पौने ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त खोप विमानस्थल पुगेर स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् ।
चीनले नेपालका लागि दिएको खो भेरो सेल सिनोभ्याक बायोटेक लिमिटेडले उत्पादन गरेको हो । यसअघि चीनले नेपाललाई ८ लाख डोज कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएको थियो । सोही भ्याक्सिन आज नेपाल ल्याइएको हो ।
FACEBOOK COMMENTS