काठमाडौं, चैत १६ – प्रभु बैंकले विदेशबाट अनलाइनमार्फत् वस्तु तथा सेवा खरिद गरेबापतको भुक्तानी प्रयोजनका लागि ५०० डलरको ‘प्रभु ५०० कार्ड’ प्रिपेड कार्ड जारी गरेको छ। राष्ट्र बैंकले ल्याएको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने प्रावधानअनुसार बैंकले डलर कार्ड जारी गरेको हो।
उक्त कार्ड भारतबाहेक विश्वभरबाट अनलाइनमार्फत् वस्तु तथा सेवा खरिद गरेबापतको रकम भुक्तानीका लागि प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ। यो कार्डमार्फत् एक वर्षभित्र बढीमा ५०० डलरसम्म भुक्तानी गर्न सकिनेछ।
FACEBOOK COMMENTS