काठमाडौं, चैत १८ – बेल्जियमले फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको तेस्रो खेलमा फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा बेल्जियमको जितमा टिमका ६ फरक खेलाडीले गोल गरेका थिए । घरेलु मैदानमा भएको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोल अन्तरले पराजित गरेको हो ।
बेल्जियमको जितमा लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई–दुई गोल गरे । यस्तै मिची बात्सुआई, जेर्मी डोकु, डेनिस प्रयट र क्रिस्टियन बेन्टेकेले एक एक गोल गरे । पहिलो हाफमा चार गोल गरेको बेल्जियमले दोस्रो हाफमा थप चार गोल गर्न सफल भएको थियो ।
जितसँगै समूह ‘ई’ मा झन बलियो बनेको छ । बेल्जियमले ३ खेलमा ७ अंक जोडेको छ । पराजित बेलारुसले २ खेलमा ३ अंक जोडेको छ ।
FACEBOOK COMMENTS