काठमाडौं, चैत २० – चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले नेपाली बजारमा रेड्मी नोट टेन स्मार्टफोन भित्र्याएको छ । बेस्ट–ईन–क्लास सुविधासहित कम्पनीले याे फाेन नेपाली ग्राहकमाझ उपलब्ध गराएको हो ।
आकर्षण डिजाइन र उत्कृष्ट प्रविधिका साथ याे फाेन बजारमा आएको कम्पनीले जनाएकाे छ । फोनमा ४८ मेगापिक्सेलको क्यामेरा, ६० हर्ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागज ६७८ प्रोसेसरलगायतका फिचर छन् ।
साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेडमी नोट सिरिजको १०औं संस्करणको सार्वजनिकसँगै हामी टेक्नोलोजीको हरेक अंश जस्तै; क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक सुपरचार्ज्ड उपकरणलाई जोडेर ठूलाे परिवर्तन ल्याउँदैछौ ।’
रेड्मी नोट टेन आकर्षण डिजाइनका साथ भित्रिएको छ । कोर्निङ गोरिल्ला ग्लास थ्रीद्वारा सुरक्षित गरिएको यो फोनमा सुरक्षाका लागि साइड–माउन्टेट फिङ्गरप्रिन्ट स्क्यानर उपलब्ध छ ।
क्वालकम स्न्यापड्रागन ६७८ प्रोसेसरले सञ्चालित याे फोन ६४ र १२८ जबी भेरियन्टमा उपलब्ध भएको छ । भने, र्यामको हिसाबले ४ जीबी र ६ जीबी गरी दुई फरक क्षमताका साथ नेपाल भित्रिएको छ ।
रेडमी नोट टेनमा ४८ एमपीको मुख्य क्यामेरा छ । जसमा सोनी आईएमएक्स ५८२ सेन्सर प्रयोग भएको छ । पछाडिको भागमा ४ वटा क्यामेरा रहेको छ, जसमा ४८ एमपी मुख्य सेन्सर, ८ एमपी अल्ट्रा–वाइड एङ्गल लेन्स, २ एमपीको डेप्थ र २ एमपीकै म्याक्रो सेन्सर रहेको छ ।
त्यस्तै सेल्फीका लागि फोनमा १३ एमपी क्यामेरा रहेको छ ।
५००० एमएएच ब्याट्री र ३३ वाट चार्जर–इन–बक्सको साथमा उपलब्ध रेडमी नोट टेन शुन्यदेखि ६७ प्रतिशतसम्म ३० मिनेटमै चार्ज हुने कम्पनीले जनाएको छ ।
यो फोन ०.६६ मिलिमिटर पातलो र रेड्मी नोट नाइनभन्दा २०.२ ग्राम हलुका रहेको छ । जसले यो स्मार्टफोनलाई एक हातले नै प्रयोग गर्न सहजता प्रदान गर्ने जनाइएको छ ।
धुलो र पानी पस्नबाट बचाउन याे फाेनमा आईपी ५२ रेटिङ प्रदान गरिएको छ । नेपाल बजारमा फ्रस्ट व्हाइट, एक्वा ग्रीन र स्याडो ब्ल्याक कलर भेरियन्टमा याे फाेन खरिद गर्न सकिन्छ ।
FACEBOOK COMMENTS