काठमाडौं, चैत २२ – २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको यस एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालका तेह्राैं वर्ष पूरा गरी चौधौंं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले कुल ५ लाख ६८ हजार बीमालेख बिक्री गरी रु.२८ अर्व ८६ करोड प्रिमियम संकलन गरेको छ । कम्पनीको जीवन बीमा कोष रु.२५ अर्ब ५० करोड र कूल लगानी रु.२६ अर्ब १९ करोड रहेको छ । कम्पनीले १४६ शाखा मार्फत बीमा सेवा सञ्चालन गर्दै अाएकाे छ ।
हालसम्म यस कम्पनीले एशियन सावधिक, अग्रिम भुक्तानी, आजीवन र म्यादी सहित २३ वटा जीवन बीमा योजनाको साथै १८ प्रकारका घातक रोगविरुद्धको रक्षावरण हुनेगरी ‘एशियन क्रिटिकल केयर’ ऐच्छिक सुविधा समेत प्रचलनमा ल्याएको छ ।
कम्पनीको उपलब्धी हासिल गर्नमा समस्त ग्राहक वर्ग, अभिकर्ता, कर्मचारी, शेयरधनी महानुभावहरु, पत्रकार, शुभेच्छुक तथा नियामक निकायहरु बीमा समिति, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीप्रति दर्शाएको विश्वास तथा सद्भावप्रति कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले आभार व्यक्ति गर्दै कम्पनीको सेवालाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छन् ।
चौधौं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले चैत्र २१ गतेदेखि वार्षिकोत्सव साप्ताहिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायीत्वसँग सम्बन्धि विविध कार्यक्रमहरु आयोजना थालेको छ । वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायीत्वलाई विशेष प्राथमिकता दिई सितापाइला, काठमाण्डौंस्थित पुनर्वल सेवा नामक सामाजिक संस्थालाई १ थान वाटर प्युरिफायर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । साथै प्रदेश स्तरमा नै सामाजिक उत्तरदायीत्व अन्तर्गत समेट्ने गरी देशैभरको ४० वटा शाखा कार्यालयमा सामाजिक उत्तरदायीत्वको कार्यक्रम संचालन गरिएको छ ।
FACEBOOK COMMENTS