काठमाडौं, चैत २२ – कुवेतका अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । एन्फाको प्राविधिक कमिटीको सिफारिसमा उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । ४० वर्षीय अलमुताइरीले कम्तीमा एक वर्ष नेपाली फुटबल टिमलाई प्रशिक्षण दिनेछन् ।
विश्व फुटबल महासंघले सदस्य राष्ट्रलाई ‘प्रो लाइसेन्स’ भएकालाई मात्र नियुक्त गर्ने प्रावधान राखेपछि साविकका प्रशिक्षक बालगोपाल महर्जनले नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण गर्न प्राविधिक समस्या हुने भएको हो ।
महर्जनको विकल्पमा एन्फाले अलमुताइरीलाई प्रशिक्षक नियुक्त गरेको हो । नेपालले विश्वकप फुटबल छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलको तयारी गरिरहेको छ । यस क्रममा नेपालले चाइनिज ताइपेइ, अस्ट्रेलिया र जोर्डनजस्ता मुलुकको सामना गर्नेछ ।
FACEBOOK COMMENTS