काठमाडौं, चैत २३ –नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सोमबार १.१३ अंकले बढेको छ । सोमबार नेप्से सूचकांक दुई हजार ६ सय ५८ दशमबल ७४ अंकमा पुगेर बन्द भएको छ। त्यस्तै ७ अर्ब २९ करोड ६७ लाख बराबरको करोबार भएको छ ।
नेप्सेका सात वटा उपसूचकांकभने हरिया भएर बन्द भएको छन । सोमबार व्यापार, होटल तथा पर्यटन, जलविद्युत उत्पादन अन्य, लघुवित्त र म्युचुअल फण्ड लगायतका उपसूचकांकहरुमा सामान्य वृद्धि देखिएको छ । भने चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ । एनआइशि एसिया लघुवित्त कम्पनी, राधी जलविद्युत कम्पनी, सानिमा जनरल इन्स्योरन्स कम्पनी र वमी लघुवित्त कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
FACEBOOK COMMENTS