डिएन घिसिङ
समय प्रबन्ध गर्नमा विफलताले प्रभावकारितालाई हानी र तनाव उत्पन्न गर्दछ।खेलकुदमा तयारी र प्रतिस्पर्धाको समय प्रमुख प्राथमिकता रहन्छ
‘समय प्रबन्ध’भनेको जीवन संगठित गर्ने प्रक्रिया पनि हो।
खेलकुद गतिविधि तयारी र संचालनमा समयसिमा महत्त्वपुर्ण हुने गर्दछ।खेलाडीले तयारी अभ्यासको क्षणमा निरन्तर प्रयास अधिक गरेको हुन्छ जस्को प्रतिफल प्रतियोगिताको निश्चित अबधि भित्र परिणाम मुखी नतिजाको दिनको लागि रहन्छ।खेल मैदानमा हुने प्रतियोगिताको निश्चित अबधिलाई मध्यनजर गर्दै स्वास्थ्य,शारीरिक र मानसिक सुधार ब्यवस्थापनको लागि तयारी समय खेलाडीको लागी बिशेष हुन्छ।
‘समय प्रबन्ध’भनेको जीवन संगठित गर्ने प्रक्रिया पनि हो। समयलाई बिभिन्न गतिविधिहरू बीचमा विभाजन गरेर हेरिएको हुन्छ।मुलतःसफलता र असफलताको बिच विभाजन रेखामा छुट्याउन समयसिमा प्रमुख कारक रहन्छ।समय प्रबन्ध गर्नमा विफलताले प्रभावकारितालाई हानी र तनाव उत्पन्न गर्दछ।खेलकुदमा तयारी र प्रतिस्पर्धाको समय प्रमुख प्राथमिकता रहन्छ।
कौशल समय व्यवस्थापनले खेल स्तरमा वृद्धि गर्न सघाउ पुर्याउछ।सफल व्यक्तिहरूले औसत व्यक्ति भन्दा थोरै फरक काम गर्दछन् र खेलाडीहरूमा पनि त्यस्तै हुन्छ।समय लाई चिन्नु र समयलाई पछ्याउनु सफलताको उत्तम उपाय पनि हो।
ओलम्पियनहरूका समय व्यवस्थापन र उत्पादकत्व रहस्यहरू के हुन भन्ने बिषयमा न्युयोर्क टाइम्सका स्तभकार एब लेखक केभिन क्रुजले गरेको अनुसन्धानत्मक लेखले थप पुष्टि गरेको छ।ओलम्पिक खेलाडीहरूले कसरी उनीहरूको ध्यान,अनुशासन र उर्जा कायम गर्छन्
कडा प्रशिक्षणमा आफ्नो ‘दिन काम’ र पारिवारिक दायित्व पुरा गर्न उनीहरुले गरेको प्रबन्ध गरेको समय अर्थपुर्ण रहने लेखक क्रुजले आफ्नो प्रकाशनमा खुलाएका छन। उनले आफ्नो स्तम्भमा स्पष्ट गरेका छ्नू मैले अन्तर्वार्ता लिएका अन्य अति उत्पादक मानिसहरूसँग समानरुपमा लिएको थिए तर ओलम्पिक खेल्ने खेलाडीहरूको क्यालेन्डरको तालिकामा भने सबै कुराको तालिका स्पष्ट रहेको पाइयोू अगाडि लेखक क्रुज लेख्छन खेलकुदमा तयारी गर्दा खेलाडीको समय व्यवस्थापन सधैं महत्त्वपूर्ण रहन्छ।
ओलम्पिक खेलमा मार्फत अमेरिकी इतिहासमा एक सफल पहिचान बनाएकी महिला जिम्नास्टिकको खेलाडी श्यानन मिलरले आफ्नो खेलजिबनको स्मरणमा समयको मह्त्वबारे फोब्स पत्रिकामा प्रकाश पारेकी छिन।
प्रशिक्षणको बखत,पारिवारिक समय,कामकाज, प्रशिक्षण र अन्य दायित्वहरूलाई सन्तुलनमा राख्नु एक सफल खेलाडीको पहिलो गुण हो।ओलम्पिक खेलमा मार्फत अमेरिकी इतिहासमा एक सफल पहिचान बनाएकी महिला जिम्नास्टिकको खेलाडी श्यानन मिलरले आफ्नो खेलजिबनको स्मरणमा समयको मह्त्वबारे फोब्स पत्रिकामा प्रकाश पारेकी छिन।उनले उद्दरण गर्दै अगाडि भनेकी छिन ओलम्पिक खेलको समयमा प्रत्येक सेकेन्ड जति महत्व छ त्यतिकै मात्रा तयारी समय मह्त्व रहन्छ।अर्का हिउँ स्केटिङ् खेलकी ओलम्पिक तथा बिश्व च्याम्पियन काटिया उलान्डरले खेल अभ्यास र प्रतियोगितामा समय तालिका मह्त्व ध्यान दिनु उत्तम प्रदर्शन राख्ने खेलाडीको कर्तव्य हुने तर्क गरेकि छिन।उनले अगाडी धारण राख्दै भनेकी छिन खेलकुदमा समयको प्रबन्ध सबभन्दा महत्त्वपूर्ण अंशहरूमध्ये एक एजेन्डा हो।जसको अर्थ प्रत्येक दिन फोकस हुन्छ र प्रत्येक हप्ता लक्ष्य निर्धारण गर्दछ।अस्ट्रेलियन फ्री स्टाइल स्विमर जुली म्याकडोनाल्डले एक सन्धर्बमा भनेका छन मेरो लागि, यो मेरो समय तालिका बनाउने हो।यदि मैले मेरो समय अनुसूची गरेन भने म विचलित हुन्छु र उत्पादक हुँदैन।उनले अगाडि भने त्यसैले म व्यायाम,काम र रमाईलोको लागि समय छुट्याउँछु।यस तरिकाले म संगठित रहन्छु।
मय व्यवस्थापन भनेको खेलाडी र प्रशिक्षकको लागि प्रदर्शनलाई अर्को चरणमा लैजानको लागि सबैभन्दा उपयोगी सुरूवात बिन्दुहरूमध्ये एक हो।
समय व्यवस्थापन भनेको खेलाडी र प्रशिक्षकको लागि प्रदर्शनलाई अर्को चरणमा लैजानको लागि सबैभन्दा उपयोगी सुरूवात बिन्दुहरूमध्ये एक हो।खेलको प्रक्रियाहरू भन्दा पहिले होशियारीका साथ विचार गरिन्छ सधैं गुणस्तर तालिका पछ्याउनु नै समयको मह्त्व बुझ्नु हो।समय अनुरुप खेलमा हुने मनोबैज्ञानिक विशिष्टताको ज्ञानले एक खेलाडीको क्षमता र सफलता निर्धारण गर्न सकिन्छ । दैनिक तालिका अनुसार अभ्यस्त हुने खेलाडी र फुर्सदिला समय उपयोग गर्न खेलाडी बिचको भिन्नता समेत फराकिलो फरक रहेको अध्यनले पुष्टि गरेको छ।
अस्ट्रेलिएन लेखक एब व्यायाम मनोवैज्ञानिक गारेथ जे मोलेका अनुसार ब्यायामको समय अनुशासनले प्रदर्शनमा प्रभाव रहने तर्क पेश गरेका छ्न।उनले भनेका छ्न ।सामान्यतय कुरूप बिचार र पक्षलाई समयको सहि सदुपयोगले सकारात्मक बिचार पैदा गर्छ।शरीरमा आउने अधिकाम्स निराशाको प्रमुख स्रोत समयको असतुलन गतिविधिबाट पैदा हुने दाबी गरेका छन।
सकृय प्रक्रियाहरू केवल उच्च प्रभावशाली आवर्ती कार्यहरू हुन्।खेलमा उच्चस्तरीय प्रदर्शनको अपेक्षा राखेका खेलाडीहरुले समय ब्यबस्थापन उल्लेखित अबस्थामा मनन गर्न जरुरी रहन्छ।
१)निर्दिस्ट लक्ष्यहरु
खेलमा लक्ष्यसहितको अठोट परिकल्पना गरेपछि तयारी ब्याबस्थापन सबैभन्दा मह्त्वपुर्ण बिषय रहन्छ।खेलाडीको तत्काल समय तालिका प्रारम्भिक चरण हो।दीर्घकालीन योजनामा खेलाडीकोतयारी,योगदान,मेहनत र संभावनालाई मध्य नजर गर्दै समय सापेक्षिक रणनीति सफलताको प्रमुख अस्त्र रहन्छ।अनुशासित खेल तयारी नै संभावनाको भरपर्दो आदर हो।
२)जिम्मेवारी बहन
खेलजिबनमा सकृय रहदा खेलाडीको जिम्मेवारी रहन्छ।खेल निर्देशिकाको समयतालिका अनुसार जिम्मेवारी पूरा गर्नु एक कुशल खेलाडीको कर्तव्य रहन्छ।खेलस्थलमा रहदा निर्णायक,प्रशिक्षक र ब्याबस्थापक प्रतिको बफादारीता अनिवार्य हुन्छ।खेलमा निर्देशित समयको पाबन्दीलाई ख्याल गर्नु र सोही समयमा उत्कृष्टता प्रदर्शन गर्नु सफलतातर्फ उन्मुख हुनु हो।
३) ब्यक्तिगत समय ब्यबस्थापन
खेलकुदमा सकृय जीवन बेथित गरेपछि पारिवारिक वा ब्यक्तिगत जिबनमा समय ब्याबस्थापन गर्न जरुरी रहन्छ।अधिकाम्स समय खेल मैदान वा खेल गतिबिधीमा कृयाशिल रहदा निजि जिबनमा दरार आउने खतरा हुने भएकाले उचित समयको ब्यबस्थापन सबैभन्दा प्रभावकारी रहन्छ।पारिवारिक बाताबरण बाट प्रेरणा र हौसला पाउदा खेलकुदमा उर्जाशिल हुने र नतिजा परिणाम मुखी बन्ने गर्दछ।
खेलाडीको दैनिकी भोजन,ब्यायाम ,मनोरंजन,अध्ययन र निन्द्रा ब्याबस्थापन आदिको उचित समय ब्याबस्थापनले खेलको प्रदर्शनमा स्थिर बनाउद छ।
समय अनुकुल परिस्थितिलाई मध्यनजर गरेर प्रतिस्पर्धामा उत्रिने खेलाडीले मैदानबाट खाली हात फर्कनु पर्दैन।
४)दैनिक समय तालिका ब्याबस्थापन
खेलकुदको दैनिकी क्रियाकलाप शाररिक बानीमा भर पर्दछ।ब्याबसायिक खेलाडीले आफ्नो दिनचर्याको समयसिमा निर्धारण गरेको हुन्छ।खेलाडीको दैनिकी भोजन,ब्यायाम ,मनोरंजन,अध्ययन र निन्द्रा ब्याबस्थापन आदिको उचित समय ब्याबस्थापनले खेलको प्रदर्शनमा स्थिर बनाउद छ।
५०खेलमा प्रभाबकारी अबसर
खेलकुदमा आयोजनामा खेल प्रतिस्पर्धा हुँदा समय सापेक्ष प्रायसले मात्रै परिणाम दिने गर्दछ।समय अनुकुल परिस्थितिलाई मध्यनजर गरेर प्रतिस्पर्धामा उत्रिने खेलाडीले मैदानबाट खाली हात फर्कनु पर्दैन।दक्ष अनुभव साथै सिपको सहि सदुपयोगले विजय प्राप्त गर्न सकिन्छ ।
FACEBOOK COMMENTS