काठमाण्डौँ — नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् ।
उनलाई गत भदौमा सररकाले तेस्रो कार्यकालको लागि प्राधिकरण अध्यक्षमा नियुक्ति गरेको हो ।
यसअघि मन्त्रिपरिषद्को असार २० को गते बैठकले अघिल्ला सरकारको राजनीतिक नियुक्ति रद्द गर्ने निर्णयसँगै झाले प्राधिकरण अध्यक्ष पद गुमाएका थिए ।
सरकारले पुनः उनलाई खुला प्रतिस्पर्धाबाट अध्यक्ष पदमा नियुक्त गरेको थियो ।
नेकपाको स्थायी कमिटीको बैठकमा पनि उनको नियुक्तिलाई लिएर व्यापक आलोचना भएपछि झाले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो चरित्रहत्या भएको दाबी गरेका थिए ।
— कान्तिपुर
FACEBOOK COMMENTS