काठमाडौं, वैशाख २ – हाइटीका प्रधानमन्त्री जोसेफ जोथेले राजीनामा गरेका छन। गत २०२० को मार्चदेखि प्रधानमन्त्रीको रूपमा सेवा गरिरहेका जौथेले राजीनामा बारेमा कुनै स्पष्टीकरण भने दिएनन्।प्रधानमन्त्री जौथेले पहिले पनि राजीनामा पेश गर्ने प्रयास गरिसकेका थिए तर राष्ट्रपति जोनेल मोइसेले त्यसबेला अस्वीकार गरेका थिए।
हाईटीमा हत्या र अपहरणको क्रम बढिरहेकोछ। यस्तो अवस्थामा संवैधानिक जनमत संग्रह र आम चुनावको तयारी भैरहेको छ।अमेरिकाको सबैभन्दा गरीब देश हाइटी गरीबी,असुरक्षा, प्राकृतिक प्रकोप र कोरोनाभाइरस महामारीको कारणले ग्रसित छ।
ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) का अनुसार २०२० देखि संसदविहीन बनेको हाईटीमा व्यवस्थापिकाको चुनाव अनिश्चित कालका लागि स्थगित गरिएको छअस्थिरताकै बीचमा राष्ट्रपति मोइसले यही जुनमा संवैधानिक जनमत संग्रह गर्ने योजना बनाएका छन जसलाई आलोचकहरूले शक्ति सुदृढीकरण गर्ने प्रयास मानेका छन।
FACEBOOK COMMENTS