काठमाडौं, वैशाख ३ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न लगातार अनुरोध गरेपछि अति प्रभावित जिल्ला मध्येको एक काठमाडौँको शिक्षा विभागले आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी गरेको छ ।त्यसका लागि शुक्रबार नोटिस जारी गर्ने तयारी छ ।
विद्यालय बन्द गर्ने कि खोल्नेबारे भोलि मात्रै थाहा हुने काठमाडौँ महानगरपालिका अन्तर्गत शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले बताए ।कोभिड १९ ले १४ जिल्ला अति प्रभावित भएको र त्यसमा पनि बालबालिकाको संक्रमित दर बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न आज पुनः आग्रह गरिसकेको छ । मन्त्रालयले अतिप्रभावित सहरी क्षेत्रका विद्यालय बन्द नभए लकडाउन गरिने चुनौती समेत दिइसकेको छ ।
FACEBOOK COMMENTS