काठमाडौं, वैशाख ५ – नेपालमा कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकका अनुसार नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४ घण्टामा देशभर ५ हजार ८४ नमुनाको पिसिआर परीक्षण र ६९९ जनाको एन्टिजेन परीक्षण भएको थियो। ती मध्ये पिसिआर विधिबाट १ हजार १५ जना र एन्टिजेन विधिबाट ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
डा गौतमका अनुसार कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४३५ जना छन्। ती मध्ये भक्तपुरमा ४५, ललितपुरमा ६४ र काठमाडौंमा ३२६ जना छन्।हाल देशभर ६ हजार २९० जना सक्रिया संक्रमित रहेका छन्। जसमध्ये संस्थागत आइसोलेसनमा ५७६ जना र होम आइसोलेसनमा ५ हजार ७१४ जना रहेका छन्। यस्तै देशभर ११६ जना आइसियु र ४६ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन्।डा गौतमका अनुसार गत २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ जना पुगेको छ।
FACEBOOK COMMENTS