काठमाडौं, वैशाख ६ – लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उदेश्यले मिति २०७८ बैशाख ०६ गते देखी थप तिन शाखा सञ्चालनमा ल्याएको छ । नयाँ खोलिएका शाखाहरुमा ७० औँ शाखाको रुपमा झापा जिल्ला दमक नगरपालिका वडा नं. ०६ थाना रोड स्थित दमक शाखा, ७१ औँ शाखाको रुपमा झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं. ०४ भद्रपुर रोड स्थित बिर्तामोड शाखा र ७२ औँ शाखाको रुपमा नवलपुर जिल्ला कावासोती नगरपालिका वडा नं. ०२ सभापती चोक स्थित कावासोती शाखा रहेका छन् ।
बिर्तामोड शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक समितीका अध्यक्ष श्रीमान दशरथ रिसाल ज्यू तथा उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष श्रीमान प्रकाश सिवाकोटी ज्यू बाट , दमक शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक श्रीमान केशब खतिवडा ज्यू तथा दमक नगरपालिका वडा नं. ०६ का वडा अध्यक्ष श्रीमान टेक बहादुर थापा ज्यू र कावासोती शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक श्रीमान चिन्तामणि भट्टराई ज्यू तथा उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष श्रीमान डासुराज पोखरेल ज्यू बाट संयुक्त रुपमा सम्पन्न गरिएको थियो ।
हाल यस लुम्बिनी बैंकको शाखा देशका सातवटै प्रदेशका २९ जिल्लामा पुगिसकेको छ ।२०७७ चैत मसान्त सम्ममा बिकास बैंकले कुल कर्जा रु ३२ अर्ब ३ करोड प्रवाह गरीे रु ३४ अर्ब ९५ करोड निक्षेप संकलन गरेको छ ।“निरन्तर सहयात्रा” भन्ने नाराका साथ यस विकास बैंकले सम्पूर्ण शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै ABBS,MOBILE BANKING,ATM,LOCKER लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै आफ्ना करीव २ लाख ७० हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको यस बैंकले आगामी दिनमा समेत थप शाखा कार्यालयहरु मार्फत ग्राहकहरुलाई बैकिङ्ग सेवा पु¥याउने लक्ष्य लिएको छ ।
FACEBOOK COMMENTS