काठमाडौं, वैशाख ६ । यातायात व्यवसायीको चर्को दबाबपछि सरकारले सार्वजनिक सवारीको भाडा बढाउने तयारी थालेको छ ।
पेट्रोलियम पदार्थ र सवारीजन्य पार्टपुर्जामा भएको मूल्यवृद्धिको कारण देखाउँदै व्यवसायीले भाडा बढाउनुपर्ने दबाब सरकारलाई दिँदै आएका छन् । उनीहरुले भाडा वृद्धि गर्न सरकारलाई आगामी १५ गतेसम्मको अल्टिमेटम दिएका छन् ।
सोही अल्टिमेटमभित्र भाडा बढाउने गृहकार्य सरकारले थालेको हो ।
भाडा बढाउनेबारे यातायात व्यवस्था विभागका महानिर्देशक नेतृत्वको वैज्ञानिक भाडा समायोजन गर्ने समितिको बैठक भोलि मंगलबार बस्दैछ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार समिति बैठकमा सार्वजनिक सवारीको भाडाबारे छलफल हुने छ ।
FACEBOOK COMMENTS