काठमाडौं, वैशाख ७ – नेपाल धितोपत्र बोर्डले मध्य भोटेकासी जलविद्युत् कम्पनी लिमिटेडलाई १ अर्ब ५० करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्न अनुमति दिएको छ । यो रकम जारी पुँजीको २५ प्रतिशत हो ।
कम्पनीले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा यसअघि नै ग्लोबल आर्इएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । अनुमति पाएको शेयरमध्ये स्थानीय बासिन्दाका लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र सर्वसाधारणले ९० करोड रुपैयाँको ९० लाख कित्ता सेयर पाउने भएका छन ।
मध्य भोटेकोसीले नागरिक लगानी कोषसँग प्रत्याभूति (अण्डरराइटिङ) सम्झौतासमेत गरिसकेको छ । कम्पनीले यसअघि २ चरण गरी ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका, सञ्चय कोषका कर्मचारी, संस्थापक शेयरधनी संस्थाका कर्मचारीलाई शेयर बिक्री खुला गरेको थियो ।
कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ लाख १७ हजार कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुको लागि २१ लाख कित्ता र सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता निष्कासन गरिएको छ ।
कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाटको मध्यभोटेकोशी आयोजना निर्माण गरिरहेको छ । कम्पनीको चुक्ता पूँजी करिब ६ अर्ब रुपैयाँ छ । कम्पनीमा सर्वसाधारण र संस्थापकको शेयर हिस्सा ५१ः४९ रहने गरी लगानी संरचना तयार पारिएको छ ।
FACEBOOK COMMENTS