काठमाडौं, वैशाख ९ । सरकारले सगरमाथा आरोहण गर्दा शिखरमा लाग्ने भिड कम गर्ने भएको छ। पर्यटन विभागले सन् २०२१ को वसन्त ऋतुको आरोहण व्यवस्थित गर्ने भएको हो ।
विभागले कोटा तोकेर आरोहणमार्गमा हुने भिडभाड व्यवस्थित पार्ने बताएको छ । यसका लागि पहिलो चरणमा आरोहण अनुमति पत्र नम्बर ६, ७, ९, १४, १७, १९, २०, २२, २३, २४, २५, २६, २७, ३२, ३४, ३६, ३७ र ३८ मार्फत अनुमति लिएका आरोही र दलले पहिलो चरणमा चुचुरो जान पाउने भएका छन् ।
उनीहरु फर्किसकेपछि आरोहण अनुमति पत्र नम्बर ४०, ४१, ४३, ४५, ४६, ४७, ४९, ५०, ५१, ५२, ५५, ५७, ५९, ६२, ६३, ६७ र ६८ मार्फत अनुमति लिएका आरोहीले चुचुरोमा जान पाउने भएका छन् । यसले सबै आरोही एकै पटक आरोहणमार्गमा लामबद्ध हुँदा हुने जाम कम गर्न सहयोग पुग्ने विभागको अपेक्षा छ ।
आरोहण अनुमति पत्र नम्बर ७२ देखि पछि अनुमति लिएका आरोहीले भने त्यसपछिको अनुकूल मौसम हेरेर आरोहणमा जानुपर्नेछ ।
यसरी हुने व्यवस्थापनले समेत आरोहणमा असहज परिस्थिति उत्पन्न हुने देखिएमा भने सम्बन्धित एजेन्सीले आपसी सहमति र समन्वयमा एक पटकमा १५०–१७० जनाको संख्या नबढ्ने गरी आरोहण व्यवस्थापन गर्न सक्ने भएका छन् ।
यसरी योजना परिवर्तन गर्दा स्थानीय आरोहण व्यवस्थापन गर्ने एजेन्सीले नै आरोहीको सुरक्षित आरोहणको प्रबन्ध गर्नुपर्ने भएको छ ।
FACEBOOK COMMENTS