काठमाडौं, वैशाख ९ – कोका–कोलाले बिहीबार १७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ । उपभोक्ताहरूलाई रमाइलोे पिउने अनुभव प्रदान गर्ने उक्त बोतल २५ रुपैयाँमै उपलब्ध हुने कम्पनीले बताएको छ ।
थप रुपमा, नयाँ ग्लासको बोतल विशेष गरी नेपाली उपभोक्ताहरूका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ । नयाँ बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँ कोका–कोलाको लोगोले स्थानीय रुपमा आफ्नो उपभोक्ताहरूसँग गहिरो सम्बन्ध निर्माण गर्ने ब्राण्डको दृढ प्रतिबद्धतालाई झल्काउने बताइएको छ । कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भएको आरजीबी (रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो बोतल हो । नेपाली उपभोक्ताहरू चाहना अनुरुप कोकाकोलाले नयाँ पेय पदार्थ बोतल र प्याकेजहरू उपलब्ध गराउँदै आइरहेको छ ।
आरजीबी बोतलहरू रियुजेबल बोतलहरू हुन् र यिनीहरूले वातावरण मैत्री हुन् । साथै गिलास प्याकेजिङगले गर्दा कोका–कोलाको स्वाद सधैं ताजा रहन्छ । नयाँ १७५ मिलिलिटर आरजीबी बोतल कोका–कोला, स्प्राइट र फ्यान्टामा उपलब्ध रहेको छ र यो काठमाडौँ, ललितपुर र भक्तपुरका किराना पसलहरूमा उपलब्ध छन् ।
नयाँ बोतलको लन्चको व्रmममा नेपालका कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले सुपथ मूल्यमा ठूलो अनुभव प्रदान गर्ने कोका–कोला, स्प्राइट र फ्यान्टाको अर्को प्याक अप्सनको ल्याउन पाउँदा आफूहरू खुशी भएको बताए । नयाँ बोतलको लञ्चले उपभोक्ताहरूलाई आफ्नो मनपर्ने पेय पदार्थमा साइजको छनोट प्रदान गर्ने ब्रान्डको उद्देश्य मात्र नभइकन दीगो प्याकेजिङ प्रदान गर्नु पनि कम्पनीको मिसन रहेको उनको भनाइ छ ।
त्यस्तै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले किफायती मूल्यबाहेक उपभोक्ताहरूको प्रिय पेय पदार्थ प्रदान गर्न प्रतिबद्ध रहेको बताए । २५ रुपैयाँमा १७५ मिलिलिटरको नयाँ आरजीबी बोतल अहिले काठमाडौंभरका किराना पसलहरूमा उपलब्ध रहेको उनले बताए ।
नयाँ उत्पादनको सुरुवात कोका–कोलाका चलिरहेको अपलिट क्याम्पेनको हिस्सा ‘दिउँसै झप झप, कोकले अप’ ट्यागलाइनको साथ आउने र त्यसले युवा उपभोक्ताहरूलाई दिउँसो ब्रेकको दौरानमा कोक पीएर उर्जा प्रदान गर्न र अपलिफ्टेड हुन प्रेरित गर्ने कम्पनीको विश्वास छ ।
FACEBOOK COMMENTS