काठमाडौं, वैशाख १२ – जापानी अटो उत्पादक कम्पनी होन्डाले संघाई मोटर शोमा नयाँ एड्भेन्चर मोटरसाइकल सिबी ४०० एक्स सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ एड्भेन्चर मोटरसाइकलको चर्चा अहिले चुलिएको छ ।
कम्पनीले सिबी ४०० एफ नेकेड स्ट्रीट फाइटर मोडल पनि संघाईमा शोकेस गरेको थियो । कम्पनीले ल्याएको नयाँ एड्भेन्चर मोडल सिबी ४०० एक्समा नयाँ एलइडी हेडल्याम्प, १७ इन्चको अलोय ह्वील, एलइडी पोजिसन लाइट, लामो ट्राभल सस्पेन्सन, उच्च ग्राउन्ड क्लियरेन्स, अग्लो ह्याण्डलबार पोजिसन दिइएको छ ।
सिबी ४०० एफमा भने स्प्लीट स्टाइल सिट, मस्कुलर बडी, एलइडी हेडल्याम्प, फ्ल्याट ह्याण्डलवार, मस्कुलर फ्यूल ट्याङ्क दिइएको छ ।दुबै मोटरसाइकलमा समान ३९९ सीसी क्षमताको प्यारलल ट्वीन इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ४४ बीएच पावर र ३७ एनएम टर्क प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा ६ स्पीड क्षमताको गियरबक्स दिइएको छ ।
दुबै मोडलमा एउटै सस्पेन्सन सेट दिइएको छ । अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक उपलब्ध छ । दुबै चक्कामा सिंगल डिस्क ब्रेक र ड्यूल च्यानल एबीएस उपलब्ध रहेको छ ।
FACEBOOK COMMENTS