काठमाडौं, वैशाख १४ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्री रायमाझीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएसँगै छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ ।
उनी गत शनिबार गृहजिल्ला अर्घाखाँचीमा भएको राजनीतिक कार्यक्रममा सहभागी भएर फर्किएका थिए । सोमबार मन्त्री रायमाझीसँगै उनको सचिवालयका सदस्यको स्वाब परीक्षण गरिएको थियो । उनीसँगै सचिवालयका केही सदस्यलाई पनि संक्रमण देखिएको हो ।
FACEBOOK COMMENTS