काठमाडौं, वैशाख १५ – राष्ट्रिय वाणिज्य बैंकले आरबिबि मोबाईल बैकिङ्गको महामेलाकाे विजेताहरुकाे घाेषणा गरेकाे छ । आरबिबि मोबाईल बैकिङ्गकाे लागि बैंकले एक महिनासम्म एफवान सफ्टको सहकार्यमा मोबाइल बैकिङ्गको महामेला संचालन गरेकाे थियाे ।
बैंकले करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएकाे महामेलामा नौ जना विजयीहरुको नाम बुधबार एक समारोहकाबीच घोषणा गरेकाे हाे ।सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले ४ रात ५ दिनको थाइल्याणड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज जितेका छन् । यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी एमओवान कोर ब्राण्डको एक एक थान मोबाइल फोन सेट पुरस्कार प्राप्त गर्ने भएका छन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा आरबिबि मोबाइल बैकिङ्ग महामेला कार्यक्रम संचालन गरिरहेको छ । यसको लागि बैंकको मोबाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ । रा.वा.बैंकसँग खाता खोली मोबाइल बैंकिङ्गबाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था गरिएको छ ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, एफवान सफ्टका यासमिन गौतम, अलिसा तन्डुकार लगायतको उपस्थिति रहेको थियो ।
हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।
FACEBOOK COMMENTS