काठमाडौं, वैशाख १५ – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १६८औं शाखा रौतहटको गरुडामा सञ्चालनमा ल्याएको छ । सो शाखाबाट आज बुधबारदेखि बैंकिङ कारोबारको शुरूवात गरिएको बैंकले जनाएको छ ।
नयाँ शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नाका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्याउने विश्वास बैंकले लिएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायत वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनलले देशैभर फैलिएका आफ्ना १६८ वटा शाखा, १११ वटा एटीएम र १०९ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करीब १० लाख जना ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरू डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको बताएको छ ।
डिजिटल च्यानललाई मूर्त रूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यूआर–कोड स्क्यान गरी खाताबाट रकम झिक्न ‘स्क्यान एन्ड विथड्र’ सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरूको थालनी बैंकले गरेको छ ।
FACEBOOK COMMENTS