काठमाडौं, १६ वैशाख – नयाँ स्टार्टअपको रुपमा युवा सफ्टवेयर इन्जिनियरले शुरु गरेको कम्पनी नियो डिजिटल प्रा.लि.ले मोबाईल भर्सनमा नयाँ गेम लन्च गरेका छन् । ‘ब्रामो’ नामको यो गेम थ्रीडी आरपीजी मोडेलमा नेपालमै प्रथम पटक प्रारम्भ गरेको कम्पनीका संचालक तथा निर्माता रितेश भट्टराईको दावी छ ।भर्खरै हाई स्कुल लेभल उत्तिर्ण यूवा प्रतिभा युमिस निरौलासंग मिलेर यो गेम बनाउन एक वर्षभन्दा बढी समय लागेको छ ।
कुनै गाउँमा राक्षसहरुले आक्रमण गर्न आउँदा ब्रामो नामको साहसी यूवाले कसरी गाउले र गाउँको रक्षा गर्छन् भन्ने कथामा यो गेम आधारित छ । नेपालमा मोबाईल गेम बनाउने थुप्रै फ्रिलान्सर र डेभलपर भए पनि रोल प्लेइङ्ग मोडलमा मोबाइल भर्सनमा यो नै पहिलो पटक लन्च भएको हो । ब्रामोको प्रारम्भसंगै नेपालमा मोबाइल गेम निर्माणमा ठुलो सघाउ पुर्याउने कम्पनीका संचालक रितेश भट्टराईको विश्वास छ ।
FACEBOOK COMMENTS