काठमाडौं, १६ वैशाख – अब अनलाइनबाटै मानसिक स्वास्थ्य उपचार हुने भएको छ । ‘ह्याप्पी माइन्स् डट हेल्थ’ नाम दिइएको यो सेवाको उद्घाटन गर्दै गायिका एवं सामाजिक अभियन्ता आनी छोइङ डोल्माले आफ्नो शारीरिक साथै मानसिक स्वास्थ्यको पनि ख्याल गर्न सबैलाई आग्रह गरिन् । उनले सही समयमा सही सेवा शुरु गरेको भन्दै ह्याप्पी माइन्ड्स् डट हेल्थको सफलताको कामना पनि गरिन् ।ह्याप्पी माइण्ड्स् डट हेल्थु अनलाइनबाटै मानसिक स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने अनलाइन प्लेटफर्म हो।
जीजी कर्पोरेसन प्रालिले सञ्चालनमा ल्याएको ह्याप्पी माइन्ड्स् डट हेल्थका माध्यमबाट मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गरिने उक्त संस्थाले बताएको छ ।