काठमाडौं, वैशाख २३ । नेपाल सरकारले कोरोना महामारीको समयमा नेपालभर रहेका पर्यटकको उद्धार गर्न विपद व्यवस्थापन तथा सञ्चार सेल गठन गरेको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा निषेधाज्ञाको समयमा मुलुकका विभिन्न भागमा रहेका विदेशी पर्यटकसँग समन्वयका लागि सेल गठन गरेको हो ।
सेलले पर्यटकहरूको उद्धार तथा समन्वयका साथै नेपाल भारतबीच साता दुई दिन हुने उडानबाट नेपाल आउने यात्रुहरुको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमन लगायतका काममा समेत सहजिकरण गर्ने छ । सोही बमोजिम बोर्डले गृह मन्त्रालयको समन्वयमा देशका विभिन्न भागबाट पर्यटकहरूको उद्धार गरी काठमाण्डौं ल्याएको छ ।
लाङटाङबाट ५ जना पोलिस, पोखराबाट ४ जना युक्रेनी र लुक्लाबाट २ जना अमेरिकन गरी ११ जना विदेशी नागरिकलाई उद्धार गरी काठमाण्डौं ल्याएको छ । बोर्डले महामारीको समयमा पर्यटकहरू अलपत्र नपरुन भनेर आवश्यक समन्वय गरेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS