डा. रूपक घिमिरे
छाला विशेषज्ञ तथा कपाल प्रत्यारोपण सर्जन
अध्यक्ष, आवरण स्किन एन्ड हेयर क्लिनिक
स्याङ्जाको चापाकोटमा जन्मिएका डा. रूपक घिमिरे छाला विशेषज्ञ तथा कपाल प्रत्यारोपण सर्जन ‘डर्माटोलोजिस्ट’ हुन् । हाल काठमाडौंको दरबारमार्गस्थित आवरण स्किन एन्ड हेयर क्लिनिकका अध्यक्ष समेत रहेका डा. घिमिरे आफूलाई ‘बर्न सर्भाइभर’ भन्न रुचाउँछन् । जन्मनेवित्तिकै यो बच्चा बाँच्दैन भनेर उनका अभिभावकले माया मारेका थिए । तर गाउँमै पोस्टसेट हुने एकजना ‘सिस्टर’ले तै पनि म बचाउन कोशिस गर्छु भनेर आफ्नो छातीमा टाँसेको केहीबेरपछि घिमिरे बाँचेको र उनले आफूलाई ‘बर्न सर्भाइभर’ भन्ने गरेको बताउँछन् । आँबुखैरेनीबाट तत्कालीन निम्न माध्यमिक तहको शिक्षा हासिल गरेका उनले माध्यमिक तहको शिक्षा काठमाडौंको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलबाट हासिल गरेका हुन् । काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस हासिल गरेका डा. घिमिरे शुरूमा कार्डियोलोजिस्ट बन्ने सोचमा थिए । तर, समयक्रमसँगै डर्माटोलोजिस्ट बन्ने सोच उनमा आयो र अहिले डर्माटोलोजिस्टकै रूपमा स्थापित डाक्टर हुन् । प्रस्तुत त, उनै डर्माटोलोजिस्ट डा. घिमिरेसँग छालामा देखिने समस्या, उपचार र तालुपना हुने कारणलगायत विषयमा गरिएको कुराकानी ः–
पछिल्लो समय तपाईं केमा व्यस्त हुनुहुन्छ ?
पहिला त म काठमाडौं मेडिकलमा पनि कार्यरत थिएँ । तर, गएको दशैंपछिदेखि पूर्ण रूपमा आवरण स्किन एन्ड हेयर क्लिनिकमा डर्माटोलोजिस्ट डाक्टरको रूपमा क्रियाशील छु ।
आवरण स्किन एन्ड हेयर क्लिनिक कहिलेदेखि सञ्चालनमा आयो ?
हाम्रो यो क्लिनिक शुरू भएको पाँच वर्ष पूरा भइसकेको छ । कपाल प्रत्यारोपणलाई बढी फोकस गरेर हामीले आजभन्दा पाँच वर्षअगाडि काठमाडौंको बत्तिसपुतलीबाट सेवा दिन शुरू गरेका हौं । तर, हामीले जहाँबाट सेवा शुरू ग¥यौं उक्त स्थान साँघुरो भएकाले फराकिलो ठाउँ खोज्ने क्रममा अहिले हामी तीन वर्षदेखि दरबारमार्गमा छौं ।
आवरणले के–कस्तो सेवा प्रवाह गर्दै आएको छ ?
हामीले कपाल प्रत्यारोपणका साथै प्लास्टिक सर्जरीहरू जस्तैः ब्रेस्ट सर्जरी, फेस लिफ्टिङ, डिम्पल क्रिएशन, ब्रो लिफ्टिङ, राइनोप्लास्टी, ब्रेस्ट लिफ्टिङ, ब्रेस्ट रेडुकेशन, फ्याट ग्राफ्टिङ र गाइनोकोमास्टियालगायत सेवा दिँदै आएका छौं । सरसरती भन्दा हामीले हाम्रो नाम ‘आवरण’ जस्तै शरीरको बाहिरी आवरणका सम्पूर्ण सेवा दिन्छौं । साथै पछिल्लो समय हामीले स्लिम हुने, पेट घटाउनेदेखि खुट्टाको नङ निकाल्नेसम्मको सेवा पनि दिइरहेका छौं ।
आवरणले दिने सेवाको गुणस्तरचाहिँ कस्तो छ ?
विशेषज्ञ डाक्टरहरूबाट सेवा प्रदान गरिने भएकाले आवरणको सम्पूर्ण सेवा शतप्रतिशत गुणस्तरीय छ भन्ने हाम्रो दाबी छ । किनभने गुणस्तरीय सेवा प्रवाहका लागि नै भनेर हामीले विषयगत विशेषज्ञहरूद्वारा सेवा दिइरहेका छौं ।
आफ्नो शरीरको आवरण सुरक्षाका लागि विशेषज्ञ सेवा लिने ग्राहकको संख्या कत्तिको छ ?
वास्तवमा भन्ने हो भने अधिकांश मासिहरू अहिले पनि शुरूमा विशेषज्ञ सेवाका अलावा घरेलु उपचारमै अलमलिएको देखिन्छन् । जुन कुराले उहाँहरूमा सानो–सानो समस्याले ठूलो–ठूलो समस्या निम्त्याएको मैले पाएको छु । छालामा सामान्य समस्या देखियो भने महिलाहरू शुरूमा नजिकको ब्युटीपार्लर जाने गर्नुहुन्छ र धेरै समयपछि पनि समाधान नभएपछि मात्रै अन्तिममा विशेषज्ञकहाँ पुग्ने गर्नुभएको छ । यो मानसिकताले हामीमा थप समस्याहरू सृजना भइरहेका छन् ।
जस्तो तपाईंको लोकप्रिय मिडियामार्फत म एउटा उदाहरण दिउँ कि केही दिनअघि मात्रै एकजना महिला हामीकहाँ आउनुभएको थियो । उहाँले शुरूमा गालामा आएको कोठी हटाउन युट्युबमा भिडियो हेरेर चुना लगाउनुभएछ । तर, चुनाले उहाँको कोठी हटाउनाको सट्टा गालाभरी दागैदाग निकालिदिएको थियो । अहिले उहाँको उपचारमा लामो समय खर्चिनुपर्ने अवस्था छ भने तुलनात्मक रूपमा खर्च पनि बढी लाग्ने भएको छ ।
डाक्टरकोमा गएर उपचार गराउँदा साइडइफेक्ट हुन्छ भन्ने डरले घरेलु वा अनधिकृत उपचार गर्दा मानिसहरूमा धेरै समस्याहरू आएको मैले देखेको छु ।
होमियोप्याथी र आयुर्वेद उपचार पद्धतीबीचमा कस्तो भिन्नता पाइन्छ ?
सम्बन्धित वा असम्बन्धित भन्दा पनि दुईवटै विधाको आ–आफ्नै महत्व छ । जस्तो केही समयअघि हामीले कोभिडको संक्रमणबाट जोगिन बेसारपानी, गुर्जो वा अन्य घरेलु औषधीय वस्तुको प्रयोग गर्ने भन्यौें । तर, अन्तिममा हामीले कोभिड–१९ भ्याक्सिनकै भर पर्नुप¥यो नि । भनेपछि कुरा के हो भने आर्युवेदले प्लान्ट नै खाऊ भन्छ तर हामीलेचाहिँ त्यो प्लान्टको स्ट्रयाक के हो त्यो प्रयोग गर्न खोज्छौं ।
छालामा हुने समस्याको कुरा गर्दा कुन उमेर समूह वा लिङ्गका व्यक्तिहरूमा समस्या बढी देखिन्छ ?
यो विषयलाई मैले यसरी भन्न सक्छु, जस्तोः भर्खरै जन्मिएका बच्चाहरूमा जन्मजात समस्या पनि हुन सक्छ । त्यसपछि १–२ वर्षतिर शरीरका छाला चिलाउने समस्या हुन सक्दछ । त्यस्तै ११–१२ वर्षको उमेर हुँदा टाउकोतिर दादहरू र त्यसपछि धेरै मानिसमा एक्नी (डण्डीफोरहरू) को समस्या देखिन्छ । यो समस्या करिब २५ वर्षसम्मै रहन सक्छ । त्यसपछि महिलाहरूको हकमा चायाँपोतोको समस्या देखिन्छ भने पुरुषहरूमा कपाल झर्ने समस्या देखिन्छ । यस्तो समस्या ४० वर्षसम्म रहन सक्छ र त्यसपछि छालाहरू सुक्खा भएर चिलाउने समस्या देखिन्छ ।
तालु र छालासँगको सम्बन्ध कस्तो हो ? तालुपना कसरी हुन्छ ?
छाला हाम्रो शरीरको सबैभन्दा ठूलो अग्र्यान हो, यो टाउकोदेखि खुट्टासम्मै हुन्छ । आधारभूत रूपमा तालुपना कसरी र किन हुन्छ भने हाम्रो छालामा इपिडर्मिस, डर्मिस र कनेक्टिभ टिस्यु गरी तीनओटा लेयर हुन्छ । हाम्रो टाउकोमा कपाल पनि यसैबाट हुने हो । त्यसकारण स्किनको एउटा महत्वपूर्ण भाग भनेको कपाल पनि हो ।
अब तालुपना कसरी हुन्छ भने हाम्रो टाउकोको कपाल हरेक ३ देखि ४ वर्षको अन्तरालमा परिवर्तन हुन्छ, जहाँ पुरानो झर्ने र नयाँ पलाउने प्रक्रिया नियमित भइरहेको हुन्छ । यद्यपि मानिसको खानपान, उसले गर्ने तनाव व्यवस्थापन र अन्य धेरै कुराहरूले पनि कपाल झर्ने कुरासँग सम्बन्ध राखिरहेको हुन्छ । यस्तो अवस्थामा कपाल झर्छ तर पलाउने क्रम रोकिन सक्छ । यो विभिन्न खालको हर्मोनहरूका कारणले पनि हुन सक्दछ जसले हामीलाई तक्लु नै बनाइदिन्छ ।
यी यावत समस्याको समाधानका लागि मानिसहरू आवरणमा नै किन आउने, के छ यहाँको फरक विशेषता ?
हाम्रो मुख्य विशेषता भनेको भरपर्दो सेवा हो । किनभने कसका लागि के उपचार वा सल्लाह चाहिएको छ त्यो मात्रै हामी दिन्छौं न कि पैसा आम्दानीका लागि अनावश्यक सेवा, सल्लाह र उपचार । सम्वेदनशीलताका साथ हामीले दिने सेवा नै हाम्रो मुख्य विशेषता हो ।
भविष्यमा आवरणको अन्य योजना केही छ कि ?
छालासम्बन्धी सम्पूर्ण रोग र विभिन्न दुर्घटनाहरूबाट छालामा हुने क्षतिको तत्काल उपचार हुनसक्नेगरी एउटा ‘स्किन सेन्टर’ निर्माण गर्ने हाम्रो योजना छ । यद्यपि सोही प्रकृतिको अस्पतालहरू नै खुल्ने क्रम चलिरहेको छ, तर त्यो भन्दा पनि पृथक ढङ्गबाट सेवा दिनेगरी त्यस्तो एउटा प्रभावकारी प्लेटफर्मको विकास गर्ने ठूलो चाहना छ ।
स्किनको उपचारसम्बन्धी केही सुझाव दिन चाहानुहुन्छ ?
विद्यमान सामाजिक सञ्जालको धेरै भर नपरी सम्बन्धित विशेषज्ञबाट आवश्यक सल्लाह लिन म अनुरोध गर्दछु । ‘रे’ को भरमा गरिएका कतिपय औषधिउपचारले तपाईंलाई दीर्घकालीन समस्या पनि ल्याइदिन सक्छ, त्यसतर्फ सबैजना सचेत हुन जरुरी छ ।
FACEBOOK COMMENTS