काठमाडौं, वैशाख ३० । नेपाल प्रहरीले पछिल्लो २४ घन्टामा देशभर ४ हजार ७१२ जनालाई निःशूल्क मास्क वितरण गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण रोकथामका लागि प्रहरीले मास्क वितरण गरेको हो ।
अहिले विश्वभर कोरोनाको दास्रो लहर फैलिरहेको छ । र, यसलाई नियन्त्रण गर्न भन्दै प्रहरीले ‘तपाईको मास्क खोई’ अभियान नै चलाएको छ ।
यही कार्यक्रमअन्तर्गत उक्त संख्याको मास्क वितरण गरिएको प्रहरीले बताएको छ । प्रहरीले कोरोना संक्रमणबाट ‘आफू पनि बचौं, अरुलाई पनि बचाऔं’ भन्ने नाासहित देशभर सचेतनामूलक कार्यक्रम सञ्चाल गर्दै आएको छ ।
सिलिन्डर खोज्दै प्रहरी
कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल प्रहरी बजारमा तीव्र गतिमा सिलिन्डर खोज्न थालेको छ । प्रहरीले उद्योगको सम्पर्कमा नरहेका सिलिन्डर बजारबाट खोजेर उद्योगलाई फिर्ता दिँदै आएको छ ।
अनावश्यकरुपमा थन्किरहेका सिलिन्डर खोज्दै उद्योगलाई बुक्राउनेक्रममा वैशाख २९ गते ५४७ थान सिलिन्डर संकलन गरेको छ ।
तीमध्ये, १८३ भरिएका र ३६४ वटा खाली सिलिन्डर छन् । भेटिएका सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्टलाई दिइएको छ ।
FACEBOOK COMMENTS