काठमाडौं, वैशाख ३१ । देशभरका कुल ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷७८ को चैत मसान्तसम्मा ७५० स्थानीय तहमा वाणिज्य बैंक पुगेका हुन् ।
अघिल्लो वर्ष २०७६ को चैत मसान्तमा जम्मा ७४६ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए । ती स्थानीय तहमा २७ वटा वाणिज्य बैंकमध्ये कुनै एकले शाखा खोलेका हुन् ।
अहिलेसम्मको तथ्यांक अनुसार धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदि र बझाङको काँडा गाउँपालिकामा वाणिज्य बैंकका शाखा खुल्न सकेका छैनन् ।
ती स्थानमा भौगोलिक विकट्ता र बैंकको सुरक्षाको डलर अहिलेसम्म शाखा नखुलेको राष्ट्र बैंकले बताएको छ । अहिलेसम्म सडक नपुग्दा हिँडेर जान समस्या भएकाले शाखा खोल्न समस्या भएको हो ।
FACEBOOK COMMENTS