काठमाडौं, वैशाख ३१ – नवगठित सरकारले अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि तीन वटा अस्पताललाई पौन ६ करोड रुपैयाँ दिने निर्णय गरेको छ । अर्थमन्त्रीमा पुनः नियुक्त भएका विष्णुप्रसाद पौडेलले शुक्रबार यस्तो निर्णय गरेका हुन् ।
अर्थमन्त्रालयका अनुसार अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जलाई ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका हुन् ।
FACEBOOK COMMENTS