काठमाडौं, जेठ १ । चीन सरकारले सहयोगस्वरुप दिएको अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको वाइडबी विमान आज बेजिङ जाने भएको छ । ४०० थान अक्सिजन सिलिन्डर लिन आज (शनिबार) साँझ विमान बेइजिङ एयरपोर्ट जाने भएको हो ।
विमानले सिलिन्डरसँगै ४०० थान अक्सिजन कन्सन्ट्रेटर अन्य स्वास्थ्य सामाग्री लिएर नेपाल आउने छ । यसअघि, वैशाख २८ गते वाइडबडी विमानले चीनबाट ४०० थान सिलिन्डर र १० थान भेन्टिलेटर ल्याएको थियो । यस्तै, होङ्सी सिमेन्टले ल्याएको १७० थान कन्सन्ट्रेटर पनि सोही विमानबाट ल्याइएको थियो ।
चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोगस्वरुप दिने घोषणा गरिसकेको छ । त्यसबाट पहिलो पटक ४०० र यसपटक ४०० गरी ८०० थान सिलिन्डर नेपाल आएको छ ।
नेपाल पठाउनका लागि भन्दै चीनले बेइजिङ एयरपोर्टमा सिलिन्डर ल्याइसकेको छ ।
FACEBOOK COMMENTS