काठमाडौं, जेठ १ । चीन मंगल ग्रहमा सफलतापूर्वक रोबोट पुर्याउने विश्वको दोस्रो देश बनेको छ । मंगलमा आज चीनले सफलतापूर्वक रोबोट आवतरण गरेसँगै दोस्रो देश बन्न सफल भएको हो ।
चीनको ‘चु रोङ्ग रोभर’ नामको रोबोट शनिबार मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । यसलाई चीनको ठूलो सफलता मानिएको छ ।
चाइना नेश्नल एडमिनिस्ट्रेशनले बताएअनुसार पौराणिक अग्नि र युद्ध देवताको नाम राखेर अन्तरिक्षमा रोबोट पठाएको हो । यो एउटा सानो अन्तरिक्ष रोबोट हो ।
६ वटा पाङ्ग्रा जडान गरिएको यान ग्रहको उत्ती गोलार्धको युटोपिया प्लेनेशियाको समतल भागमा आवतरण गरिएको छ । त्याँबाट रोभरले मंगल ग्रहमा खिचिएको तस्विर पठाउँछ ।
FACEBOOK COMMENTS