काठमाडौं, जेठ १ – शनिबार देशभर कोरोना भाइरसका ८ हजार १६७ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै २ हजार ९३७ जनासहित बागमती प्रदेशमा ३ हजार ४७४ जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा २ हजार १४८ जना, ललितपुरमा ४४४ जना र भक्तपुरमा ३४७ जना संक्रमित थपिएका हुन् ।
यो सहित राजधानी समेत रहेको बागमती प्रदेशमा शनिबार ३,४७४ जना संक्रमित थपिएका छन् । शनिबार काभ्रेपलाञ्चोकमा ७०, चितवनमा १९, दोलखामा ६, धादिङमा ३८, नुवाकोटमा ७९, मकवानपुरमा १९८, रसुवामा ५, रामेछापमा ५८ जना, सिन्धुपाल्चोकमा ३४ र सिन्धुलीमा ३० जना संक्रमित थपिएका छन् ।
यी अपडेटबारे पनि जानकारी लिनुहोस्–
७ दिनमा १ हजार ९० जना संक्रमितको मृत्यु, ६२ हजार ८०७ जनामा संक्रमण पुष्टि
मृतकको संख्या घट्यो, शनिबार १८७ जना संक्रमितको मृत्यु, ५,४५५ जना डिस्चार्ज
शनिबार थपिए ८,१६७ जना संक्रमित, सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार भन्दा बढी
FACEBOOK COMMENTS