काठमाडौं, जेठ २ । चितवनको कले अफ मेडिकल साइन्स भरतपुरले १५ दिनभित्र अक्सिजनको नयाँ प्लान्ट राख्ने भएको छ । नवलपुरको गैंडाकोटमा नयाँ प्लान्ट राखेर उत्पादन सुरु गर्ने बताइएको छ ।
उक्त प्लान्टबाट दैनिक २००/२५० सिलिन्डर अक्सिजन उत्पादन हुने कलेजका निर्देशक डा. मनोहर प्रधानले बताए । प्लान्ट स्थापनाका लागि चाहिने विद्युतीय सामानको जडान भइरहेको र भारतबाट आउनुपर्ने सामान बाटोमा रहेको बताइएको छ ।
कलेजले कोभिड–१९ को दोस्रो लहर सुरु हुनु अगावै प्लान्टका लागि चाहिने आवश्यक सामाग्री ल्याएकाले छिट्टै प्लान्ट स्थापना गर्न सकिने कलेजले बताएको छ ।
FACEBOOK COMMENTS