काठमाडौं, जेठ २ – भारतको दिल्लीमा लकडाउन फेरि बढाइएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन थप एक साता बढाउने जानकारी दिएका हुन्।दिल्लीमा जारी लकडाउन भोलि सकिँदै थियो। मुख्यमन्त्री केजरीवालका अनुसार मे २४ सम्म लकडाउन लम्ब्याइएको हो।लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगेको उनको भनाइ छ। विस्तारै संक्रमण दर कम हुँदै गएको केजरीवालले बताएका छन्।
मुख्यमन्त्री केजरीवालले कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएको भन्दै केन्द्र सरकारलाई चिठीसमेत लेखेका छन्।
FACEBOOK COMMENTS