काठमाडौं। इजरायली सेनाको हमलामा परेर एकै दिन ४० प्यालेस्टाइनीको मृत्यू भएको छ । महिला र बालबालिकासहित उक्त संख्याको मृत्यू भएको हो ।
प्यालेस्टाइनको शहर गाजामा इजरायलको सेनाले निरन्त हमला गरिरहेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनी समूह हमासविरुद्ध सेनाको कारबाही निरन्तर जारी रहने बताएका छन् ।
पछिल्लो संघर्ष सुरु भएयताकै सबभन्दा घातक दिन बनेको आइतबार मध्यरातपश्चात् इजरायले मध्यरातमा गरेको हमलामा तीनवटा भवन भत्कँदा दर्जनौंले ज्यान गुमाएका हुन् ।
इजरायल र प्यालेस्टाइनबीच विगत दशकौंदेखि शक्ति संघर्ष चल्दै आएको छ । इजरायलले निरन्तर प्यालेस्टाइनविरुद्ध आक्रमण गरेपछि विश्वभरका ५७ वटा मुस्लिम देश एकजुट भइरहेका छन् ।
अमेरिका र उसको गठबन्धन इजरायलको पक्षमा छन् । यस्तै, चीनले प्यालेस्टाइनको पक्षमा वकालत गरेको छ ।
FACEBOOK COMMENTS