काठमाण्डौँ — एन आई सी एशिया बैंक लिमिटेडले दार्चुला जिल्लाको महाकाली नगरपालिका ७ धाप र ९ दत्तुमा आफनो बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
धापमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह ठगुन्नाले गरे ।
यसैगरि बैंकले दत्तुमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन महाकाली नगरपालिका ९ का वडा अध्यक्ष हर सिंह डाँगाले गरे ।
शाखारहित बैंकिङ्ग सेवाबाट विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।
FACEBOOK COMMENTS