काठमाडौँ, जेठ ४ गते ।। सेयर बजारमा मंगलबार इतिहासकै सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जले मंगलबार ११ अर्ब ३५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको जनाएको छ । यो अहिलेसम्मकै उच्च रकम हो । नेप्से परिसूचक ३४।६८ अंकले बढेर २७९३।८९ बिन्दुमा अडिएको छ । नेप्से १।२६ प्रतिशतले बढेको हो ।
उत्पादन तथा प्रशोधन बाहेक सबै समूहमा उछाल आएको छ । सबैभन्दा बढी जीवन बिमा कम्पनी १४ अंकले बढेको छ । आज १० वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले अर्थात सर्किट लेभलमा बढेको छ । नेप्से सूचक र खरिदबिक्री रकम दुवैले मंगलबार नयाँ रेकर्ड कायम गरेका हुन् ।
खरिदबिक्री रकम ६७ करोड ९२ लाख रुपैयाँभन्दा बढी सहित नेपाल पुनर्बिमा कम्पनी अगाडि छ । दोस्रो र तेस्रोमा क्रमशः नेशनल लाइफ इन्सुरेन्स र अरुण काबेली हाइड्रोपावर परेका छन । झन्डै ३ दर्जन कम्पनीमा भाउ बढेर सकारात्मक सर्किट ब्रेकर लागेको छ । होटेल तथा पर्यटन, फाइनान्स, हाइड्रोपावर लगायतका समूहमा आकर्षण बढी देखिएको छ । २१५ कम्पनीको २ करोड ३१ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS